Kathmandu Press

लागुऔषध कारोबारमा दम्पतीसहित तीन पक्राउ

जलेश्वर, साउन ९ : भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका-१० बस्ने २७ वर्षीय पति...
लागुऔषध कारोबारमा दम्पतीसहित तीन पक्राउ

जलेश्वर, साउन ९ : भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका-१० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। 

आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४ कठुधारस्थित  प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए।

उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको  र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो। 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्