Kathmandu Press

अवैध रुपमा भारतीय कुखुरा आयातले व्यवसायी मर्कामा

बाँके, साउन ९ : बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन्।नेपाल-भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा  कुखुरा सीमा...
अवैध रुपमा भारतीय कुखुरा आयातले व्यवसायी मर्कामा

बाँके, साउन ९ : बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन्।

नेपाल-भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा  कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै  त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो। 

Hardik ivf

बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख चल्ला उत्पादन हुँदै आएको छ। जिल्लामा करिब रु १५ करोड पोल्ट्री व्यवसायमा लगानी रहेको छ। भारतबाट अवैधरुपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायीमा गरेको लगानी डुब्ने अवस्थामा पुगेको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बताए।

भारतीय कुखुराका कारण नेपाली व्यवसायी मारमा परेको उल्लेख गर्दै उनले अवैधरुपले कुखुराको आयात नरोकिए व्यवसाय बन्द गर्ने चेतावनी दिए। ‘भएका कुखुराको बजार राम्रो छैन, त्यसैमा पनि अवैधरुपले भारतीय कुखुरा आयातले हामी व्यवसायीलाई ठूलो चेपुवा पारेको छ,’ उनले भने। 

नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्ब लगानी रहेको छ। यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान गरेको र यसबाट आठ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीले बाँकेका नाकाबाट अवैध रुपमा भित्रिने कुखुराको मासु काठमाडौँसम्म पुगेको र  यसले बजारमा प्रत्यक्ष असर गरेकाले नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको बताए।

‘हामी मासु र अण्डामा पूर्णरुपमा आत्मनिर्भर छाँै तर नाकाबाट गैरकानुनी रुपमा कुखुराको मासु आउदा हामी मारमा परेका छौं,’ उनले भने, ‘भारतमा अहिले बर्डफ्लु भएको र त्यसको सङ्क्रमण यहाँ पनि फैलने भएकाले तत्काल कुखुराको अवैध आयात रोक्नु पर्छ।’

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कुखुराको अवैध आयात रोक्न सक्दो प्रयास गरिने बताए। 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्