Kathmandu Press

नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

नैरोवी, साउन ९ : नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ। राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको...
नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

नैरोवी, साउन ९ : नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ। राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ।

देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो। बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन्।  

दुर्घटनाको स्पष्ट कारण नखुलेपनि बस तिव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्