Kathmandu Press

मलेसियामा एकै दिनमा थपिए २ हजार ७ सय २० सङ्क्रमित

क्वालालम्पुर, साउन ९ : आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन...
मलेसियामा एकै दिनमा थपिए २ हजार ७ सय २० सङ्क्रमित

क्वालालम्पुर, साउन ९ : आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।  

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१ पुगेको छ भने ३५ हजार नौ सय १४ जनाले ज्यान गुमाएका छन्। 

मन्त्रालयले चार हजार १२ जना कोरोना मुक्त भएका छन्।  यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४८५ पुगेको छ।

त्यहाँ ४८ हजार २५२ सक्रिय सङ्क्रमित रहेका थिए। जसमा ५४ जनालाई  सघन उपचार केन्द्रमा राखिएका छन्। ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ। 

देशमा आइतबार १२ हजार पाँच सय ८० खोपको डोज दिइएको र ८५.९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९.५ प्रतिशतले पहिलो बुस्टर र ०.९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन्।

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्