Kathmandu Press

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

गोरखा, साउन ९ : गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज (साेमबार) गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ।राष्ट्रिय विभूति थापाको २४७औं...
भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

गोरखा, साउन ९ : गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज (साेमबार) गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ।

राष्ट्रिय विभूति थापाको २४७औं जन्मजयन्तीको अवसरमा  पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए।

Hardik ivf

'यो गाउँपालिका थापाको जन्मथलो भएकाले उहाँको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,' उनले भने। सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ।

जन्मजयन्तीका अवसरमा आजै गाउँपालिका-८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ।

'असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,' अध्यक्ष बन्जराले भने। 

प्रकाशित मिति: १२:५० बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्