Kathmandu Press

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ बिक्री खुला

काठमाडाैं, साउन ९ : सर्वसाधारणका लागि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गरेको हो। कम्पनीले आज (सोमबार) ११ करोड ७६ हजार ७ हजार ३ सय...
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ बिक्री खुला

काठमाडाैं, साउन ९ : सर्वसाधारणका लागि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गरेको हो। 

कम्पनीले आज (सोमबार) ११ करोड ७६ हजार ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपिओ निष्कासन गरेको हो। 

Hardik ivf

त्यसमध्ये २ प्रतिशत (२३ हजार ५२१ कित्ता) सेयर कर्मचारीहरू र ५ प्रतिशत (५८ हजार ८०३ कित्ता) सेयर सामूहिक लगानी कोषका लागि छसट्याइएको छ। बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपिओका लागि साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयभित्र मागबमोजिम आवेदन नपरे साउन २३ गतेसम्म समय थप हुनेछ। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्