Kathmandu Press

कुवेतमा नयाँ प्रधानमन्त्री

कुवेत सिटी, साउन ९ : कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी...
कुवेतमा नयाँ प्रधानमन्त्री

कुवेत सिटी, साउन ९ : कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन्।

कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत शनिबार गराएका छन्।

कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसद्लेर राष्ट्रिय सभामा सो कुराको जानकारी गराउनेछ।

नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ।

सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ।

यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मेमा दिएको राजीनामा कुवेतका अमिरले स्वीकृत गरेका थिए। उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका थिए।  

सन् १९५६ मा जन्मिनुभएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल–सबाहका कान्छा छोरा हुन्। 

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्