Kathmandu Press

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

चितवन, साउन ९ : भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित यो अस्पतालले गुणस्तरीय...
भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न
Hardik ivf

चितवन, साउन ९ : भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित यो अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।
 
कार्यक्रममा युनाइटेड रजिष्टार्डका देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति संघ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरे।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताइन्। अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँगै चुनौती पनि थपिएको बताइ्न।
 
संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल वि.सं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरंग सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ।

 

प्रकाशित मिति: १०:४८ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्