कर्णाली प्रदेशसभाको बैठक बस्दै
सुर्खेत, साउन ९ : कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । कर्णाली प्रदेशसभा बैठक एक सातापछि बस्न लागेको हो। बैठक दिउँसो ३...
सुर्खेत, साउन ९ : कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । कर्णाली प्रदेशसभा बैठक एक सातापछि बस्न लागेको हो। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रले बैठक छाडेपछि कर्णाली प्रदेशसभा स्थगित हुँदै आएको थियो।
गत बुधबार सभामुख राजबहादुर शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा केही टुङ्गो नलागेपछि उनले यो समस्यालाई सत्ता गठबन्धन दलभित्र समाधान गर्न सुझाएका थिए। उनले माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका माग पूर्ति गर्ने गरी सम्बोधन गरिएको जानकारी दिए।
मुख्यमन्त्री जीवनबहादुर शाहीले अवरोधलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य बताएका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकरात्मक रहेको बताए।
मूलतः सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादी प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो ।












