Kathmandu Press

श्रीमतीलाई खुकुरी प्रहार गरी भाग्दा श्रीमानको पनि मृत्यु

भरतपुर, साउन ९ : चितवनको भरतपुरमा श्रीमतीमाथि खुकुरी प्रहार गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।प्रहरीका अनुसार गएराति भरतपुर महानगरपालिका १० रमाइलो...
श्रीमतीलाई खुकुरी प्रहार गरी भाग्दा श्रीमानको पनि मृत्यु

भरतपुर, साउन ९ : चितवनको भरतपुरमा श्रीमतीमाथि खुकुरी प्रहार गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार गएराति भरतपुर महानगरपालिका १० रमाइलो चोकका कृष्णप्रसाद अचार्यले ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरे थिए। श्रीमतीलाई खुकुरी प्रहार गरेपछि भाग्ने क्रममा घरको छतबाट हाम फालेका कृष्णको पनि ज्यान गएको छ।

Hardik ivf

उनले गएराति १० बजे रुस्मामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते भएकी रुस्मालाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको छ।

छतबाट हाम फालेका कृष्णको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्