Kathmandu Press

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही, साउन ९ : सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवानलाई नक्कली नोटसहित...
नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही, साउन ९ : सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवानलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।

प्रहरीले उनीबाट ५० हजार बरामद गरेको छ। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्