महाेत्तरीबाट लागूऔषधसहित तीन जना पक्राउ
काठमाडाैं, साउन ८ : प्रहरीले महाेत्तरीकाे सिन्भुली दुधाेलीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दुधौली १० का प्रदिप सेन्चुरी, दिलमाया भुजेल...
काठमाडाैं, साउन ८ : प्रहरीले महाेत्तरीकाे सिन्भुली दुधाेलीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दुधौली १० का प्रदिप सेन्चुरी, दिलमाया भुजेल र बिशाल सेन्चुरी रहेका छन।
प्रदिप र दिलमाया श्रीमान् श्रीमती हुन भने, बिशाल उनीहरूकाे आफन्त रहेका छन।
आइतबार अपरान्ह औरही कठुधारास्थित प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट–१० लेखिएको ९९ पिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीकाे अनुसार तीनै जना बर्दिबास-सम्सी सडक खण्डमा पैदल हिँडदै गर्दा शंकाकाे आधारमा चेकजाँच गर्दा उक्त लागूऔषध फेला परेको थियो।
उनीहरूलाइ ईलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखी अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १९:२६ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
