Kathmandu Press

मध्य सिरियामा रकेट आक्रमणमा २ जनाको मृत्यु, १२ घाइते

सिरिया, साउन ८ : सिरियाको मध्य प्रान्त हामामा एउटा मण्डलीमा रकेट प्रहार हुँदा दुई जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको...
मध्य सिरियामा रकेट आक्रमणमा २ जनाको मृत्यु, १२ घाइते

सिरिया, साउन ८ : सिरियाको मध्य प्रान्त हामामा एउटा मण्डलीमा रकेट प्रहार हुँदा दुई जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ।

'आतङ्कवादी' द्वारा प्रक्षेपण गरिएको उक्त रकेटले पश्चिमी हामाको अल-स्काइल्बियेह शहरको हागिया सोफिया चर्चलाई पुन: खोल्नको लागि धार्मिक उत्सवमा प्रहार गरेको बताइएको छ।

Hardik ivf

रुसी प्रतिनिधिमण्डल सहभागी उत्सवको क्रममा सो विस्फोट भएको थियो। युद्ध अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले हताहतीको सङ्ख्या भने उल्लेख गरेको छैन।

हामा नजिकैको विद्रोही नियन्त्रित उत्तरपश्चिमी प्रान्त इडलिबमा रुसी हवाई आक्रमणमा सात जनाको मृत्यु भएको पर्यवेक्षकले  उल्लेख गरेको केही दिनपछि यो आक्रमण भएको हो।

बेलायतमा रहेको वाचडग समूहले पीडितहरू हामा प्रान्तका विस्थापित व्यक्तिहरू भएको बताएको छ।

प्रकाशित मिति: १८:५८ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्