Kathmandu Press

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु
Hardik ivf

मनिला, साउन ८ : फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ।
   
एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ।
 
उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ। फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ।

'हामी यस घटनाबाट अत्यन्तै विचलित भएका छौँ र शोकमग्न छौं,' स्थानीय सरकारी इकाईका मेयर जोय बेलमोन्टेले एएफपीलाई बताएका छन्।
   
फिलिपिन्समा बन्दुक राख्न पाउँने बारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटना भने कमै हुने गरेका छन्। तर चुनावका समयमा राजनीतिकर्मीहरू माथि भने यस्ता हत्याका घटनाहरू हुने गर्दछन्।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्