Kathmandu Press

यमनमा भारी वर्षाका कारण ८ जनाको मृत्यु

यमन, साउन ८ : यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढिमा परी  विगत २४ घण्टामा कम्तीमा आठ जनाको मृत्यु भएको छ। राजधानी...
यमनमा भारी वर्षाका कारण ८ जनाको मृत्यु

यमन, साउन ८ : यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढिमा परी  विगत २४ घण्टामा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
 
राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण घर भत्किँदा दुई बालिकाको ज्यान गएको थियो भने धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको छ।

जारी गृहयुद्धका बीच भारी वर्षा र बाढीले  थप क्षति पुर्‍याएको  तथा सफा खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधारलाई भत्काएकाले वर्षायाममा महामारी फैलिने  सक्ने भन्दै स्थानीयवासी चिन्तित देखिएका छन्।

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्