Kathmandu Press

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

काठमाडौं, साउन ८ : प्रतिनिधिसभाबाट कारागार विधेयक पारित भएको छ।प्रतिनिधिसभाको आज (आइतबार) बसेको दोस्रो बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो। विधेयक निर्णयार्थ प्रस्तुत गर्न...
प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

काठमाडौं, साउन ८ : प्रतिनिधिसभाबाट कारागार विधेयक पारित भएको छ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको दोस्रो बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो। 

विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिँदा गणपूरक संख्या ६९ हुनुपर्नेमा ६७ सांसद मात्रै भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।  

त्यसपछि बसेको दोस्रो बैठकममा ७१ सांसद उपस्थित भएपछि विधेयक पारित भएको हो।

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्