Kathmandu Press

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, साउन ८ : गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आज (आइतबार) को बैठक १५ मिनेटका लागि स्थगित भएको छ।कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद...
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, साउन ८ : गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आज (आइतबार) को बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए/नभएको निर्क्याेल गर्न सभामुख अग्निप्रसाद सापकाेटासँग आग्रह गरेका थिए। 

त्यसपछि सभामुख सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिए। गणपूरक संख्या नपुगेकाे पाइएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्