Kathmandu Press

कल सेन्टरमा प्रहरीकाे छापा, ५० कर्मचारी नियन्त्रणमा

बुटवल, साउन ८ : रुपन्देहीको तिलोत्तमा  नगरपालिका-२, जानकीनगरस्थित एउटा कल सेन्टरमा आइतबार प्रहरीले छापा मार्नुका साथै त्यहाँ काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिएको छ।सूचना...
कल सेन्टरमा प्रहरीकाे छापा, ५० कर्मचारी नियन्त्रणमा

बुटवल, साउन ८ : रुपन्देहीको तिलोत्तमा  नगरपालिका-२, जानकीनगरस्थित एउटा कल सेन्टरमा आइतबार प्रहरीले छापा मार्नुका साथै त्यहाँ काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरी परेपछि आइतबार प्रहरीले छापा मारेको हो।

चारतले घरको तीन फ्ल्याट भाडामा लिई ३०० जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’मा पारेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ।

चिनियाँ र भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

प्रहरीले कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको बताए पनि अवैध कामबारे केही खुलाएको छैन।

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्