Kathmandu Press

इरान-अफगानिस्तान सहकार्यका निम्ति सहमत

काबुल, साउन ८ : इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन्। दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको...
इरान-अफगानिस्तान सहकार्यका निम्ति सहमत

काबुल, साउन ८ : इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन्। दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ। शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्नेछ।  

इरान भ्रमण गरेको अफगान प्रतिनिधिमण्डलले छिमेकी देशबाट तीन लाख ५० हजार टन तेल खरिद गर्न इरानी कम्पनीसँग शनिबार सम्झौता गरिएको अर्थ मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ। 

प्रतिनिधिमण्डलमा अर्थ र परराष्ट्र मन्त्रालय, केन्द्रीय बैंक, अफगानिस्तान आयल एण्ड ग्यास कर्पोरेशन र अफगानिस्तान राष्ट्रिय नापतौल प्राधिकरणका उच्च अधिकारी थिए। 

इरानमा रहँदा  प्रतिनिधिमण्डलले पछिल्लो समय पेट्रोल र ग्यासको मूल्यमा भएको वृद्धि, अफगानिस्तानमा तेल खरिद, दर र पेट्रोलियम पदार्थको ढुवानीलगायत विषयमा छलफल गरेको थियो। 

अर्थमन्त्रालयका अनुसार तेल आयातको सम्झौतासँगै दुवै पक्षले पेट्रोलियम पदार्थको व्यापार, पारवहनमा सहजीकरण, इन्धन आयातका लागि  पाइपलाइन बिछ्याउने र देशमा इन्धन प्रशोधन केन्द्र स्थापनाका निम्ति संयुक्त समिति गठन गर्ने सहमत भएको छ।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्