Kathmandu Press

भारतमा २० हजारभन्दा बढीमा कोरोना सङ्क्रण पुष्टि

भारतमा २० हजारभन्दा बढीमा कोरोना सङ्क्रण पुष्टि

नयाँदिल्ली, साउन ८ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।

यसअघि भारतमा लगातार तीन दिनसम्म  सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो। 

Hardik ivf

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन्।

सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख १० हजार पाँच सय २२ पुगेको छ 

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ३३  जनाको मृत्यु भएको छ। महामारी शुरु भएयता ८६ करोड ८९ लाखभन्दा बढीको परीक्षण गरिएको छ। 
    
 सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९विरुद्ध खोप अभियान जारी छ। सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ।

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्