Kathmandu Press

त्रिपोली झडपमा १६ जनाको मृत्यु

त्रिपोली, साउन ८ : बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ।दोहोरो...
त्रिपोली झडपमा १६ जनाको मृत्यु

त्रिपोली, साउन ८ : बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ।

दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ।

लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय मिशन ९युएनएसएमआइएल०ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ।

सन् २०११ मा कर्नल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन्।

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्