Kathmandu Press

नयाँदिल्लीमा पनि मंकीपक्सका बिरामी

नयाँदिल्ली, साउन ८ : नयाँदिल्लीमा मङ्कीपक्सका एक बिरामी फेला परेका छन्। राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन्। योसँगै मङ्कीपक्सका लागेका बिरामीको...
नयाँदिल्लीमा पनि मंकीपक्सका बिरामी

नयाँदिल्ली, साउन ८ : नयाँदिल्लीमा मङ्कीपक्सका एक बिरामी फेला परेका छन्। राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन्। योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ। 

यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो। आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ। उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन्। अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ। यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए। 

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै शनिबार विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो। उक्त सङ्गठनका अनुसार यो रोग सङ्क्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ जसले छालामा खटिराजस्ता देखिने घाउ बनाउँछ। 

हालसम्म विश्वका ७५ देशमा मङ्कीपक्सका १६हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्