Kathmandu Press

मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक

दार्चुला, साउन ८ : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक...
मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक

दार्चुला, साउन ८ : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक स्थानको १०० मिटरभित्र मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको हो।

Hardik ivf

मदिरा बिक्री वितरण ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम सार्वजनिक स्थानको कम्तीमा १०० मिटरभित्र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष हीरासिंह धामीले जानकारी दिए।

गाउँपालिकाले वडा कार्यालय, पालिका कार्यालय, विद्यालय क्षेत्र वरपर मदिरा तथा सूर्तीजन्य वस्तु बिक्रीवितरण तथा ओसारपसारमा पनि बन्देज लगाएको छ। यसअघि वडा ५ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो।

मदिराका कारण समाजमा विकृति बढ्दै गएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्