Kathmandu Press

क्लास्सिक टेकद्वारा नेपालभरि ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त

काठमाडाैं, साउन ८ : देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले देशैभरि थप ३ सय नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको...
क्लास्सिक टेकद्वारा नेपालभरि ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त

काठमाडाैं, साउन ८ : देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले देशैभरि थप ३ सय नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ ।

वर्षायाममा धेरै फाइबरसम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले विद्युत् पोलमा चढेर काम गर्न नमिल्ने भएकाले र बढ्दो ग्राहकलाई सुविधा दिन इटिआर (इस्टिमेटेड टाइम अफ रेस्पोन्स) भित्र  काम  गर्न धेरै संख्यामा कर्मचारी नियुक्त गरेको कम्पनीले जनाएको छ।

Hardik ivf

‘अब क्लास्सिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ता हरुका लागि सपोर्टकाको पहँुच बढाएको छ,’ कम्पनीले भनेको छ, ‘जसले गर्दा छिटो प्राविधिक  सहायता दिन मद्दत पुर्याउनेछ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटोछरितो रुपमा सेवा प्रदान गर्न थप मद्दत पुग्नेछ।’

साथै क्लास्सिक टेकले आफ्नो आइपिटिभीको पनि अपडेट भर्सन १.१.२ ल्याएको छ। १०० भन्दा बढी एचडी च्यानल र १०० एसडी च्यानलहरूमा पनि नया फिचर ल्याइएको कम्पनीले जनाएको छ। जसले गर्दा टिभीमा हेर्दाको अनुभवलाई अझ राम्रो बनाउने र बफरिङ फ्रीको समाधान गर्ने कम्पनीले बताएको छ। 

योसँगै आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा दिने कम्पनीको योजना छ।

यससम्बन्धी थप जानकारीका लागि www.classic.com.np बाट लिन सकिनेछ वा 9801004477 मा जानकारी लिन सकिने कम्पनीकाे भनाइ छ।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्