राजापुर नगरको बजेट १ अर्ब ३ करोड
बर्दिया, साउन ८ : बर्दियाकाे राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु १ अर्ब ३ करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ।नगरपालिकाका उपप्रमुख...
बर्दिया, साउन ८ : बर्दियाकाे राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु १ अर्ब ३ करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ।
नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९र८० का लागि बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताए। उनका अनुसार शिक्षाका लागि रु. ७ करोड ९ लाख विनियोजन गरिएको छ।
भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलव बृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ।
नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न नगरसभाले आजै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ।












