Kathmandu Press

दार्चुलामा उद्योगदर्ता बढ्दै

दार्चुला, साउन ८ : दार्चुलामा उद्योग दर्ता गर्ने क्रम बढेको छ। विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम...
दार्चुलामा उद्योगदर्ता बढ्दै

दार्चुला, साउन ८ : दार्चुलामा उद्योग दर्ता गर्ने क्रम बढेको छ। विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो।

जिल्लाभर उद्योगको सङ्ख्या दुई हजार ३५३ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी दिनुभयो। 

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा एक हजार ८५४ उद्योग दर्ता भएको थियो। यस्तै आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १३९ वाणिज्य पसल दर्ता भएको थियो। गत वर्ष ११२ उद्योग नवीकरण भएका थिए। सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका  उद्देश्य थप गरिएको थियो।

वाणिज्यतर्फ २८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको  शाखा स्थापना भएको सूचना अधिकारी गिरीले बताउनुभयो। उक्त कार्यालयले गत आर्थिक वर्षमा रु १० लाख १३ हजार ७१५ राजस्व सङ्कलन गरेको थियो।

कार्यालयको चालूतर्फ कूल रु दुई करोड पाँच लाख बजेट रहेकामा रु एक करोड ४६ लाख ३७ हजार ४१३ खर्च भएको थियो। यस्तै पुँजीगततर्फ कूल रु ८१ लाख ४३ हजारमध्ये रु ७१ लाख ३० हजार ४४२ खर्च भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्