Kathmandu Press

एक वर्षमा ६ हजारले लिए राहदानी

मकवानपुर, साउन ८ : मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा छ...
एक वर्षमा ६ हजारले लिए राहदानी

मकवानपुर, साउन ८ : मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन्।

विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

Hardik ivf

कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो।

कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए। उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए।

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्