Kathmandu Press

सैनिक कारबाहीमा दुईजना प्यालेस्टिनी मारिए

जेरुसेलम, साउन ८ : पश्चिमी किनारको अधिनस्थ सहर नाब्लसमा इजरायली सेनाले गरेको कारबाहीमा दुईजना प्यालेस्टिनी मारिएका छन्।प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको...
सैनिक कारबाहीमा दुईजना प्यालेस्टिनी मारिए

जेरुसेलम, साउन ८ : पश्चिमी किनारको अधिनस्थ सहर नाब्लसमा इजरायली सेनाले गरेको कारबाहीमा दुईजना प्यालेस्टिनी मारिएका छन्।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो।

इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। इजरायली सेनाले उक्त कारबाही र प्यालेस्टिनी पक्षले उल्लेख गरेको हताहतिका बारेमा कुनै टिप्पणी नगरी नाब्लसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच गोली हानाहान भएको बताएको छ।

पश्चिमी किनारमा गतमार्चको अन्त्यदेखि गरिएको कारबाहीमा कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन्। मारिएकामा संदिग्ध लडाकू, गैर–लडाकूका साथै अल जजीराका पत्रकार शिरीन अबु अक्लेहसमेत छन्। इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको छ । 

पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले पश्चिम किनारमा दैनिकजसो सैन्य कारबाही गरिरहेको छ। 

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्