Kathmandu Press

नक्कली नाेटसहित एक भारतीय नागरिक पक्राउ

नक्कली नाेटसहित एक भारतीय नागरिक पक्राउ

काठमाडाैं, साउन ८ : सर्लाहीबाट प्रहरीले नक्कली नाेटसिहत एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।

शनिबार राति हरिवन बजारस्थित पूर्वपश्चिम राजमार्गबाट ४० वर्षीय लालमोहन पासवानलाई पक्राउ गरिएको हो।

स्थानीय कार्की पुस्तक पसलअगाडि बसेर उनले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय (सर्लाही) का डीएसपी विजय यादवका अनुसार उनको साथबाट हजारका दरका ५० थान नक्कली नेपाली नोट बरामद भएको छ।

उनलाई हाल इलाका प्रहरी कार्यालय (हरिवन) को हिरासतमा राखेर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्