Kathmandu Press

सुनकाे भाउ बढ्याे, चाँदीकाे घट्याे

काठमाडाैं, साउन ८ : नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। त्यस्तै चाँदीकाे भने घटेकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन...
सुनकाे भाउ बढ्याे, चाँदीकाे घट्याे

काठमाडाैं, साउन ८ : नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। त्यस्तै चाँदीकाे भने घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो। त्यस्तै, चाँदी प्रति ताेला १० रूपैयाँले घटेकाे छ।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ।

चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्