जाजरकाेटमा ८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण
जाजरकाेट, साउन ८ : केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ। सो गाउँपालिकाको वडा नं १,...जाजरकाेट, साउन ८ : केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ। सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए।
नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिकास्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन्। मुड्केचुला तल्लो डोल्पामा पर्दछ। हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्राविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ।
प्रकाशित मिति: ११:२१ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१