Kathmandu Press

हराएकी महिलाको दुई दिनपछि शव फेला

जनकपुरधाम, साउन ८ : बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन्। गत बिहीबारदेखि हराएकी...
हराएकी महिलाको दुई दिनपछि शव फेला

जनकपुरधाम, साउन ८ : बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन्। गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १०:०६ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्