Kathmandu Press

सशस्त्रका १६ अधिकृत एसएसपीमा बढुवाका लागि सिफारिश

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलका १६ जना अधिकृतलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिश गरिएको छ।सशस्त्र प्रहरीको बढुवा समितिको शुक्रबार...
सशस्त्रका १६ अधिकृत एसएसपीमा बढुवाका लागि सिफारिश

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलका १६ जना अधिकृतलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिश गरिएको छ।

सशस्त्र प्रहरीको बढुवा समितिको शुक्रबार बसेको बैठकले १६ जनालाई एसएसपीमा बढुवाका लागि सिफारिश गरेको हो। बढुवा समितिले दुई समूहमा बढुवाका लागि सिफारिश गरेको छ।

बढुवाका लागि सिफारिश भएकामा प्रवीण कँडेल, दिपेन्द्र कुँवर ९ख०, विष्णु प्रसाद भट्ट, दिग बिजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधीर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन रहेका छन्।

त्यस्तै, समूह खमा किरण ढुंगाना र शंकर खनाल एसएसपीमा बढुवाका लागि सिफारिश भएका छन्।

प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्