Kathmandu Press

सगरमाथा निकुञ्ज क्षेत्रबाट पासोसहित एक जना पक्राउ

सोलुखुम्बु, साउन ८ : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पासोसहित एक जनालाई पक्राउ गरिएको छ।निकुञ्ज प्रशासन कार्यालयका अनुसार महाकुलुङ गाउँपालिका ४ गुदेलका ५८ वर्षीय...
सगरमाथा निकुञ्ज क्षेत्रबाट पासोसहित एक जना पक्राउ

सोलुखुम्बु, साउन ८ : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पासोसहित एक जनालाई पक्राउ गरिएको छ।

निकुञ्ज प्रशासन कार्यालयका अनुसार महाकुलुङ गाउँपालिका ४ गुदेलका ५८ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको हो। खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ फोर्चेमा रहेको बारीमा पक्षीलाई थापिएको पासोसहित उनलाई पक्राउ गरिएको सूचना अधिकारी विष्णु रोकायले बताए।

उनीसँग भएका साता वटा पासो पनि नियन्त्रणमा लिएको निकुञ्ज कार्यालयले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जनाएको छ।

सगरमाथा निकुञ्ज क्षेत्रमा कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालीज, हिम कुखुरा, लालचुच्चे काग र पहेँलो चुच्चे काग लगायत एक सय ९३ प्रजातिका चरा पाइन्छन्।

प्रकाशित मिति: ०८:०८ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्