ताराबहादुरको उपन्यास ‘बाउ’ सार्वजनिक
काठमाडौं, साउन ८ : संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीको आठौं कृति ‘बाउ’ उपन्यास काठमाडौंमा विमोचन भएको छ।बुढाथोकीको आख्यान कृति ‘बाउ’ को नेपाल प्रज्ञा प्रतिष्ठानका...
काठमाडौं, साउन ८ : संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीको आठौं कृति ‘बाउ’ उपन्यास काठमाडौंमा विमोचन भएको छ।
बुढाथोकीको आख्यान कृति ‘बाउ’ को नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरेका छन्। यो उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले पस्किएको डा. गुरुङले बताए।
कार्यक्रममा पुस्तकमाथि डा. अम्बिका अर्याल, प्रा.डा. झमक शर्मा, प्रा.डा. हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गरेका थिए।
पेशाले माध्यमिक तहको शिक्षक रहेका बुढाथोकीको यो दोस्रो उपन्यास हो। नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसकेका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्ष पनि हुन्।
प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












