Kathmandu Press

रुकुमपूर्वकाे कमल दहमा डुबेर मृत्यु

रूकुमपूर्व, साउन ७ : रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको...
रुकुमपूर्वकाे कमल दहमा डुबेर मृत्यु

रूकुमपूर्व, साउन ७ : रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो।

आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो। विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताएका छन।

महिलाको शव भेटियो

रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ निपानेमा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको छ। ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो। महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए। उनका अनुसार शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए।

प्रकाशित मिति: २०:४४ बजे, शनिबार, साउन ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्