Kathmandu Press

भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्

नयाँ दिल्ली, साउन ७ : भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ।कनिष्ठ संघीय...
भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्

नयाँ दिल्ली, साउन ७ : भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ।

कनिष्ठ संघीय स्वास्थ्य मन्त्री भारती प्रविण पवारले शुक्रबार भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सम्बोधन गर्दै सो विवरण सार्वजनिक गरेका हुन्।

पवारले संसद्मा लिखित जवाफ पेश गर्दै सोमबारसम्ममा खोप लगाउन योग्य उमेर समूहका करिब ४ करोड मानिसले हालसम्म पहिलो मात्राको खोप पनि नलिएको बताएका हुन्। सोमबारसम्म कुल ९२६,१७२,६६१  खोप लगाउँन योग्य उमेर समूहका (८७.४ प्रतिशत) ले कोभिड–१९ विरुद्धको खोपको दुवै डोज प्राप्त गरेको पनि मन्त्रीले जनाकारी दिएका छन्।

त्यसैगरी सो खोपको तेस्रो मात्रा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने र ६० वर्ष भन्दा माथिका सबै योग्य उमेरसमूहका व्यक्तिहरूलाई मार्च १६ देखि प्रदान गरिने पनि सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: १९:१९ बजे, शनिबार, साउन ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्