Kathmandu Press

अफगानिस्तानको हेलमान्डमा विस्फोट हुँदा एक बालकको मृत्यु, अन्य ३ जना घाइते

काबुल, साउन ७ : अफगानिस्तानको प्रान्तीय राजधानी लस्कर गाहबाहिर शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते...
अफगानिस्तानको हेलमान्डमा विस्फोट हुँदा एक बालकको मृत्यु, अन्य ३ जना घाइते

काबुल, साउन ७ : अफगानिस्तानको प्रान्तीय राजधानी लस्कर गाहबाहिर शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशकले शनिबार दिएको जानकारी अनुसार बालबालिका सहित केही दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले कन्टेनरबाट स्क्र्याप धातुहरू ट्रकमा लोड गर्नेक्रममा सो दुर्घटना भएको हो।

Hardik ivf

युद्धग्रस्त र आर्थिक रूपमा पिछडिएको अफगानिस्तानमा थुप्रै बालबालिकाहरू जीविकोपार्जन गर्न र आफ्नो परिवारलाई सहयोग गर्न गर्न सडकमा काम गर्न बाध्य छन्।

अफगानिस्तानलाई संसारमा सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ। यहाँ युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायः मानिसहरूको ज्यान लिने गरेको घटना सार्वजनिक भइरहन्छन्।

करिब दुई महिनाअघि उत्तरी कुन्दुज प्रान्तमा भएको यस्तै घटनामा दुई बालबालिकाको ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए।

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्