Kathmandu Press

पाकिस्तानमा यस वर्ष १३ जनामा पोलियो सङ्क्रमण पुष्टि

इस्लामावाद, साउन ७ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त मा १८ महिने बालकमा जङ्गली पोलियोभाइरसका कारण पक्षघात भएको पुष्टि भएको छ।नेसनल इन्स्टिच्यूट अफ...
पाकिस्तानमा यस वर्ष १३ जनामा पोलियो सङ्क्रमण पुष्टि

इस्लामावाद, साउन ७ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त मा १८ महिने बालकमा जङ्गली पोलियोभाइरसका कारण पक्षघात भएको पुष्टि भएको छ।

नेसनल इन्स्टिच्यूट अफ हेल्थले शुक्रबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार यस वर्ष मुलुकमा पोलियोको रोगीको सङ्ख्या १३ पुगेको छ।

पाकिस्तानमा यो वर्ष देखिएका प्रायः सबै पोलियोका विरामी उत्तर पश्चिमी पाकिस्तानका रहेका बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, 'यो क्षेत्रमा पोलियोे भाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य छ।'

सरकारले पोलियो उन्मूलनको सुनिश्चितताका लागि व्यावहारिक कदम चालिरहेको छ। आवश्यकताका आधारमा जिल्लाहरुमा आकस्मिक रूपमा पोलियो खोपको सुविधा दिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा अगस्तको मध्यतिर पोलियो अभियान सुरु गरिने पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:३१ बजे, शनिबार, साउन ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्