Kathmandu Press

ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व संकलन

सर्लाही, साउन ७ : मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ।मधेस प्रदेशका...
ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व संकलन

सर्लाही, साउन ७ : मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ।

मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरेको हो।

Hardik ivf

आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले रु तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले रु. दुई करोड १२ लाख ५१ हजार, धनुषाले रु एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको रु दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले रु दुई करोड १६ लाख ३४ हजार ५००, बाराले रु दुई करोड ४५ लाख ६८ हजार र पर्साले रु दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट रु १९ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्