Kathmandu Press

तालिबान क्रुरताको पराकाष्ठा : गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन

तालिबान क्रुरताको पराकाष्ठा : गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन

काबुल, साउन ७ : तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिक रूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन्। 

तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि  उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

Hardik ivf

तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौं पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन्। 

अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानवअधिकारको अवस्थामा सुधार हुनसकेको छैन। डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्तावेजीकरण गर्न अति कठिन एवम् जोखिमपूर्ण भएको राष्ट्रसङ्घीय मिसनले बताएको छ।

परवान, कपिसा, बाघलान, थिथर, कान्दाहार, सारीपुल, नाङ्गरहार र समङ्गनमा यातना, दुव्र्यवहार, गैरकानूनी हत्या, स्वेच्छाचारी गिरफ्तारी, नजरबन्द र जबरजस्ती विस्थापन भइरहेका बताइएको छ। 

अफगानिस्तानको अन्तरराष्ट्रिय दायित्व अनुरूप मानवअधिकार उल्लङ्घनलाई रोक्न र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद् र अन्तरराष्ट्रिय फौजदारी अदालतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रसङ्घीय मिसनले जनाएको छ।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्