Kathmandu Press

दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, ३ बेपत्ता

तेहरान, साउन ७ : इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता...
दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, ३ बेपत्ता
Hardik ivf

तेहरान, साउन ७ : इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन्।

इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन्। त्यसैगरी अर्ध-आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्टाबानका गभर्नर युसेफ कारगरले फेला पारिएका शवमध्ये १३ जनाको पहिचान भइसकेको जानकारि दिएका छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रमा फसेका ५५ जनाको उद्धार गरिएको छ र उद्धार कार्य जारी रहेको छ। गभर्नरले शुक्रबार साँझ भारी वर्षा हुनुअघि सम्भावित जोखिम बारे कडा चेतावनी जारी नगरेको भन्दै इरानको मौसम विज्ञान सङ्गठनलाई दोषी देखाएका छन्।

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्