Kathmandu Press

उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा ६ जनाको मृत्यु

हातरस (उत्तर प्रदेश), साउन ७ : हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ। शनिबार बिहान उत्तर...
उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा ६ जनाको मृत्यु

हातरस (उत्तर प्रदेश), साउन ७ : हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ। 

शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ। घटना आज बिहान भएको हो। 

Hardik ivf

पाँच जनाको घटनास्थलमा अर्कोे एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। हरिद्वारबाट ग्वालियर गइरहेका उनीहरूलाई ट्रकले ठक्कर दिएको हो। ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ। 

‘कन्वर यात्रा’ भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो। कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गङ्गोत्री र बिहारको सुल्तानगञ्जबाट गङ्गाजल ल्याएर भगवान् शिवलाई चढाउँछन्।

कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा  दुई वर्षपछि शुरु भएको छ। तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासनले आवश्यक उपाय अपनाएका छन्।

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्