Kathmandu Press

नगरका छाडा चौपायाको उद्धार

डोटी, साउन ७ : डोटीको दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजीसिंह खड्काले नगर क्षेत्रमा छाडा छोडिएका चौपाया (गाई) को उद्धार गरी गौशाला पठाएका छन्।दिपायल...
नगरका छाडा चौपायाको उद्धार

डोटी, साउन ७ : डोटीको दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजीसिंह खड्काले नगर क्षेत्रमा छाडा छोडिएका चौपाया (गाई) को उद्धार गरी गौशाला पठाएका छन्।

दिपायल सिलगढी नगरपालिकाको सहयोग र गोलेदेउला भवानी गौशाला समिति सायल गाउँपालिका–६ दल्लेखको सहकार्यमा आज दिपायल, पिपल्ला, एअरपोर्ट, राजपुर, सुनगाढा क्षेत्रमा छाडा छोडिएका गाईको उद्धार गरी गौशाला लगिएको छ।

Hardik ivf

यहाँका बजार तथा अन्य आसपासका क्षेत्रमा छाडा छोडिएका ५८ वटा गाईलाई जम्मा गरी रेखदेख, पालनपोषण तथा स्याहारसुसारका लागि गोलेदेउला भवानी गौशाला समितिलाई जिम्मा दिइएको नगरप्रमुख खड्काले बताए। 

उनले भने, 'दूध दिउन्जेलसम्म गाई घरमा राख्ने, दूध दिन छोडेपछि बजारमा छोड्ने यो प्रवृत्ति राम्रो भएन। अहिले हामीले छाडा छोडिएका गाईपालन पोषणका लागि गौशालामा पठाएका छौं, अब छाडा रुपमा गाई छोड्नेलाई कारबाही गर्छौं।'

यसैगरी नगर क्षेत्रका जुनसुकै ठाउँमा छाडा रूपमा छोडिएका गाई नगरपालिका तथा वडासँग सहकार्य गरी गोलेदेउला भवानी गौशाला समितिमा पुर्‍याउने वातावरण गरी दिन नगरपालिकाले आम नगरवासीमा आग्रहसमेत गरेको छ।

दिपायल क्षेत्रमा लामो समयदेखि छाडा छोडिएका चौपायाले यहाँका किसानले लगाएका बालीनाली खाएर हैरानी गरेका थिए। नगरप्रमुख खड्काले छाडा छोडिएका चौपायालाई गौशालामा पठाएपछि यहाँका नागरिकहरु नगरप्रमुखप्रति निकै खुसी भएका छन्।

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्