Kathmandu Press

दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण

दार्चुला, साउन ७ : दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्।...
दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण

दार्चुला, साउन ७ : दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्। गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन्। 

अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन्। जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्र सिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो। आर्थिक वर्ष २०७०/७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ।

Hardik ivf

लेकम गाउँपालिका–१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उनले बताए। धनगढीको सेती अस्पतालमा दुई पटक उपचारमा गए तर बच्न सकेनन्। भारतमा मजदुरी गरेर फर्किएका ती युवकमा एचआइभी सङ्क्रमण अन्तिम अवस्थामा पुगेको थियो।

उनका अनुसार जिल्लाको महाकाली नगरपालिकामा पाँच महिला तीन पुरुष गरी आठ जना, शैल्यशिखर नगरपालिकामा पाँच महिला चार पुरुष गरी नौजना एचआइभी सङ्क्रमित छन्। मालिकार्जुन गाउँपालिकामा ६ महिला, चार पुरुष, लेक गाउँपालिकामा चार महिला, चार पुरुष र एक नाबालक, मार्मा गाउँपालिकामा तीन पुरुष र एक नाबालक तथा दुहुँ गाउँपालिकामा दुईजना पुरुषमा एचआइभी सङ्क्रमित रहेको धामीले जानकारी दिए।

जिल्लाको अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी सङ्क्रमित फेला परेका छैनन्। दार्चुलामा सङ्क्रमितहरूको सङ्ख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो। भारतसँग सिमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन् बढेको हो।

यहाँका अधिकांश नागरिक भारतमा मजदुरी गर्न जान्छन्। लामो समयसम्म भारतमा मजदुरी गर्दा असुरक्षित यौन सम्पर्क गरेर फर्किंदा घरपरिवारमा समेत एचआइभी सङ्क्रमण फैलाउने गरेका छन्। सङ्क्रमितहरूलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा पनि महिला पुरुष समयमै उपचारका लागि खुल्न नसक्दा जोखिम बढ्दै गएको छ। 

प्रकाशित मिति: १५:१३ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्