Kathmandu Press

प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

हेटाैंडा, साउन ७ : नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ।निर्वाचन अधिकृत प्रवीण हुमागाइका अनुसार आज अपराह्नदेखि...
प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

हेटाैंडा, साउन ७ : नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ।

निर्वाचन अधिकृत प्रवीण हुमागाइका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ। ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता १ हजार ६ सय ७९ रहेको निर्वाचन अधिकृत हुमागाइले जानकारी दिए।

अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिए पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए।

मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ।

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, साउन ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्