Kathmandu Press

स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

सङ्खुवासभा, साउन ७ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको...
स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

सङ्खुवासभा, साउन ७ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। 

शनिबार दिउँसो  साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा२०च ९५०२ नम्बरको  स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट सख्त घाइते बालिकाको  उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उनले बताए।  चालक पाँचखपन नगरपालिका-१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:०१ बजे, शनिबार, साउन ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्