Kathmandu Press

अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्यमा सुधार

वासिङटन, साउन ७ : कोभिड-१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय...
अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्यमा सुधार

वासिङटन, साउन ७ : कोभिड-१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्। 

शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए। त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए।

Hardik ivf

उनलाई खानमा पनि अरूची छैन। प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई देखिउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए।

कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए। 

'उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,' राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन-पियरले भनेका छन्। शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिनन भर्चुअल बैठहरूमा सहभागी भएका थिए। 

प्रकाशित मिति: १४:४२ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्