Kathmandu Press

तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व संकलन

सिन्धुपाल्चोक, साउन ७ : चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। यो लक्ष्यकाे दोब्बरभन्दा बढी...
तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व संकलन

सिन्धुपाल्चोक, साउन ७ : चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। यो लक्ष्यकाे दोब्बरभन्दा बढी हो।

कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुद गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए। 

उनका अनुसार लक्ष्य १ अर्ब ४६ करोड रहेकामा ३ अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो। सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षणलगायत कारणले सोचेभन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ। 

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ। सङ्कलितमध्ये मासिक औसत ३० करोड रहेको छ।

अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्व दुई करोड उठेको थियो। आगमी वर्ष भने लक्ष्य ४ अर्ब ६२ करोड रहेको उनले जानकारी दिए। उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ। मेसिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उनले बताए।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ। त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ। चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए।

सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले बताउनुभयो। सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताउँछन्। भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो।

प्रकाशित मिति: १३:०६ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्