थाइल्यान्डका प्रधानमन्त्रीले पाए विश्वासको मत
ब्यांकक, साउन ७ : थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन्।शनिबार संसदमा भएको मतदानमा उनले २ सय ५६ मत पाएका थिए भने...
ब्यांकक, साउन ७ : थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन्।
शनिबार संसदमा भएको मतदानमा उनले २ सय ५६ मत पाएका थिए भने विपक्षमा २ सय ६ मत खसेको थियो।
अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निसाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ।
प्रकाशित मिति: १२:३२ बजे, शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












